चीनबाट स्वदेश ल्याउने नेपालीलाई चार स्थानमा राख्न निर्देशन

0
Shares

काठमाडौं, (नेस)।

प्रधानमन्त्री केपी शर्मा ओलीले नोबल कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै तयारीमा लाग्न निर्देशन दिनुभएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र पर्यटनमन्त्री योगेश भट्टराईलाई नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो।

शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइनस्थल व्यवस्थित गर्न, नेपाल आउन चाहने विद्यार्थी र नागरिकलाई ल्याउन ढिला नगर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो।