काउन्सिल विधेयक पारित

0
Shares

काठमाडौं, (नेस)।

पत्रकारले ‘लाइसेन्स’ लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ।राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिकेर विधेयक सर्वसम्मतिले पारित गरेको हो।

कार्य व्यवस्था परामर्श समितिको बैठकले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेस गर्ने सहमति गरेको थियो।

सांसदहरूले उठाएका प्रश्नलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने विषय पोर्चुगलमा मात्रै रहेको उदाहरण दिनुभएको थियो।

उहाँले पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैमा नराम्रो नरहेको बताउँदै पेसागत शुद्धता र मर्यादाका लागि यो विषय उठ्नु स्वाभाविक रहेको बताउनुभयो।