कांग्रेसले गर्‍यो संसद अवरोध, गच्छदारमाथि प्रतिसोधपूर्ण रुपमा भ्रष्टाचार मुद्दा लगाएको आरोप

0
Shares

न्युज अफ नेपाल,काठमाडौैं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार संसदमा अवरोध गरेको छ । ललित निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापती विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरोध गरेको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कांग्रेस भएकै कारण गच्छदारमाथि प्रतिसोधपूर्ण रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको आरोप लगाइन् ।