ललिता निवास प्रकरण : आकस्मिक छलफलका लागि कांग्रेस शीर्ष नेताहरु देउवा निवासमा

0
Shares

न्युज अफ नेपाल , काठमाडौं ।

कांग्रेस उपसभापती विजय गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापतिनिवास बूढानीलकण्ठमा आकस्मिक बैठकका लागि पुगेका छन् ।आज बिहान बोलाइएको बैठकमा केही कानूनविदहरूलाई समेत परामर्शका लागि डाकिएको छ ।

सभापति निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू भेला भएर छलफल गरिरहेको बताईएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो मात्रै बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यो सूचीमा कांग्रेस उपसभापति गच्छदारसमेत परेपछि नेपाली कांग्रेस तरंगित बनेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारको निर्णयले संशय उब्जाएको प्रतिक्रिया दिएका छन् । पार्टीको तर्फबाट भने औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।