केरुङमा रहेका ४ सय ७१ नेपाली स्वदेश फर्किए

0
Shares

सरस्वती न्यौपाने,रसुवा।

व्यापार व्यवसाय तथा रोजगारीका लागी चिनको केरुङमा रहेका ४ सय ७१ नेपाली नेपाल फर्किएका छन् ।अन्तराष्ट्रिय नाकाका रुपमा परिचित रसुवागढी नाकामा माघ १० गतेबाट हेल्थ डेस्क स्थापना गरि केरुङबाट नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको चेक जाँच सुरु भएपछि ४ सय ७१ जना नेपालीहरु नेपाल फर्किएका हुन भने केरुङमा अझै ६६ जना नेपाली रहेका छन् ।

हाल रसुवागढी नाकामा दुवै तर्फ का सुरक्षा अधिकारी तैनाथ रहेका छन् । दुवै तर्फ सरकारी कार्यालय खुल्ला रहेका छन् चिनिया पक्षले केरुङ प्रवेश गर्ने पर्यटक लगाएत सवारी साधन आवतजावत मा १५ बाट रोक लगाएको छ । भने केरुङमा रहेका नेपालीहरुलाई भने स्वदेश फर्कन दिइएको छ ।

रसुवागढी नाकाको हेल्थ डेस्कमा स्क्रिनिङ, स्याम्पल कलेक्सनफर सस्पेक्टेड, ट्राभल हिस्टोरी, केस रिपोर्टिङ फम्र्याट व्यक्तिगत सुरक्षा यन्त्र, टेम्पल थर्मोमिटर र आईसोलेसनरुमा जिल्ला अस्पताल मा व्यवस्था समेत गरिएको छ ।

चिनिया पक्षले १५ दिनका लागी रोक लगाएपछि कन्टेनर डिब्बा चल्न छोडेपछि टिमुरे बजार सुनसान नै रहेको छ र पर्यटकहरुको पनि आवतजावत नभएको शसस्त्र प्रहरी वल भन्सार तथा राजश्व सुरक्षा गुल्मले बताएको छ ।