जबर्जस्ती करणी गर्ने युवा कारागार चलान


लमजुङ,(नेस)।

बालविवाहपछि जबरजस्ती करणी गरेको आरोपमा लजमुङ जिल्ला अदालतले एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।

बेसीसहर नगरपालिका–४ का भीष्मराज दमाईंलाई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्तबहादुर रानाले बताउनुभयो।

दमार्इँले बेसीसहर नगरपालिका–२ का बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले गत पुस २३ गते घरबाट पक्राउ गरेको बताएको छ।

उनलाई बालविवाह र जबर्जस्ती करणी मुद्दा चलाएर जिल्ला अदालतमा पेस गरेकोमा आइतबार स्रेस्तेदार जगतबहादुर भण्डारीको आदेशमा कारागार चलान गरिएको अदालतले जनाएको छ।