प्रदेश सरकारले सम्झौता तोडेर प्रादेशिक अस्पतालका ७३ सटरमा डोजर चलाईयो

0
Shares

यमलाल भुसाल,बुटवल ।

प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल परिषरका सटरमा पाँच बर्षको सम्झौता तीन महिनामै तोडेर डोजर लगाईएको छ ।
अस्पताल प्रशासनले सम्झौता तोडेर सटर खाली गराउनकालागि गत सोमबार साँझ ४८ घण्टे अल्टिमेटम दिएको थियो ।

अस्पताल प्रशासनले दिएको अल्टिमेटमको समयावधि भित्र व्यबसायीले सटर खाली नगरेपछि प्रशासनले प्रहरी लगाएर विहिवार बिहानै डोजर चलाएको हो ।
अस्पताल प्रशासनले २८ फागुन २०७५ मा निकालेको सार्वजनिक सूचनाअनुसार ६१ जना र २०७६ जेठ २८ गतेको सूचनाअनुसार १२ जना व्यवसायीले पाँच वर्षका लागि भाडा सम्झौता गरेका थिए ।

प्रदेश पाँच मन्त्रीपरिषदको बैठकले गत कात्तिक १८ गते अस्पतालका सटरहरु मंसिर मसान्तसम्म हटाउन र नहाटाए डोजर लगाएर हटाउने निर्णय गरेको थियो । पाँँच वर्षकालागि गरेको सम्झौता तीन महिनामै तोडेर सटर खाली गर्न भनेपछि व्यबसायीले न्याय माग्दै अदालत पुगेका थिए ।

तर जिल्ला अदालतले व्यबसायीको विपक्षमा फैसला गर्यो । पुनः व्यबसायी सोही मुद्धा लिएर सर्बोच्च अदालत पुगेका थिए ।अस्पताल प्रशासन र प्रदेश ५ सरकारलाई विपक्षी बनाएर २६ सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले फागुन २१ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले दुवै पक्षलाई आगामी फागुन १ गते छलफलमा बोलाएको छ । मुद्दाको अन्तिम किनारा नलाग्दै अस्पतालले बिहीबार बिहानै डोजर चलाएर सटरहरु भत्काएको छ ।

बुधवार मात्र नियुतिm हुनु भएका अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भटृराईले पदबहाली गरेको २४ घण्टा पनि वित्न नपाउदै अस्पतालका सटर मा डोजर लगाएर बुटवल वासीको मन खिन्न बनाउने काम गर्नु भएको पीडित व्यवसायीले व्यवसायीले बताएका छन् ।