एनआईसीबाट सूर्या लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

0
Shares

एनआईसी एसिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्तालगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको छ।

उक्त समझदारीपत्रमा बैंकका कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभयो। बैंकले मुलुकभर ३१३ शाखा कार्यालय, ४४१ एटीएम, १०४ वटा एक्स्टेन्सन काउन्टर एवं ४८ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।।