एसियन पब्लिक विजयी

0
Shares

काठमाडौं, (नेस)।

एसियन पब्लिकले नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ बुधबार जित हात पारेको छ। एसियन पब्लिकले क्लिन्टनलाई १७–११ ले र स्वप्न वाटिकाले रेडिअन्टलाई २६–१५ ले हराए।

सिनियर ब्वाइजमा हिमालयनले ह्वाइट हेभेनलाई ३८–२८ ले, हिमालीले एआईएलाई ४५–२६ ले, इनोभेटिभले एसियन पब्लिकलाई ६०–४४ ले र नेरिकले एस्फोडेलाई ४२–१७ ले पन्छाएका थिए।