जेभियर र ज्ञान निकेतन च्याम्पियन

0
Shares

काठमाडौं, (नेस)।

जेभियर इन्टरनेसनल कलेज र आयोजक ज्ञान निकेतन १९औं ज्ञान निकेतन बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन्। प्लस टु फाइनलमा अघिल्ला तीन संस्करणमा उपविजेता बनेको जेभियरले गोल्डेनगेटलाई ३७–३४ ले पराजित गर्दै यसपटक उपाधि उचाल्यो। टोलीको जितमा लियुश केसीले १५ अंक योगदान गरे।|

स्कुलतर्फ ब्वाइज फाइनलमा ज्ञान निकेतनले नेरिक एकेडेमीलाई ६२–४३ ले हराउँदै उपाधि रक्षा गर्यो। टोलीका विजेता विवेक यादवले १४ स्कोर गरे। फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय लियुश र विवेक ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। सो अवसरमा ज्ञान निकेतनका शुरूआतका प्रशिक्षक निरञ्जन सत्याललाई नगदसहित सम्मान गरिएको थियो।