जापानमा जहाजभित्र दसजना कोरोना भाइरस संक्रमित

0
Shares

टोकियो, (एजेन्सी)। 

जापानको योकोहामा वन्दरगाहमा रोकिएको एउटा क्रुज जहाजमा रहेका कम्तिमा दस जना मानिसमा कोरोना भाइरस पोेजिटिभ देखिएको स्वास्थ अधिकारीहरुले बुधबार बताएका छन्।

डायमन्ड प्रिन्सेस नामक सो जहाजमा सवार ३ हजार ७ सय जना मानिसमध्ये झण्डै ३ सय जनाको स्वास्थ परीक्षण भइसकेको छ।कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ।

गत महिना सो जहाजमा रहेका हङकङ निवासी ८० वर्षीय पुरुष यस भाइरसको कारण बिरामी परेपछि स्वास्थ परीक्षण कार्य शूरु भएको हो। हङकङको बन्दरगाहमा रोकिएको करिब ३ हजार ६ सय व्यक्ति सवार अर्को क्रुज जहाजमा पनि स्वास्थ्य परीक्षण कार्य प्रारम्भ भइसकेको छ। चीनको वुहान शहरबाट यो भाइरस फैलिन शुरू भएको थियो। क्रुज जहाजका लगायत जापानमा कूला २० वटा कोरोना भाइरसको घटना भएको पुष्टि भइसकेको छ।