नेकपा काभ्रेका नेता गिरीको शंकास्पद मृत्यु

हत्याको आशंकामा ४ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) काभ्रेका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । नयाँबानेश्वरस्थित आलोकनगरमा गएराति उनको मृत्यु भएको हो ।मृत्यु शंकास्पद रहेकाले हत्याको आशंका गरिएको छ ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि राती नै सिभिल हस्पिटल लगिएको थियो ।

राति १० बजेतिर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेको थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको छ । त्यसबेला त्यहाँ उपस्थित होटल सञ्चालक र कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिईएका र बानेश्वर वृत्तमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको बताईएको छ ।गिरीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ ।

गिरि दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकारसमेत थिए ।