प्रथम महिलालाई हत्या आरोप

0
Shares

मासेरु, (एजेन्सी)।

लेसोथोका प्रधानमन्त्रीकी पत्नीमाथि बुधबार अदालतमा प्रधानमन्त्रीकी पहिलो पत्नीको हत्या गरेको औपचारिक अभियोग लगाइएको छ। प्रथम महिला माएसाइआ थावानेलाई अझैसम्म आफू यस अभियोगविरुद्ध अपिल गर्ने आदेश प्रदान गरिएको छैन।

उक्त हत्याकाण्ड बारे सोधपुछका लागि उनले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन्। अनुसन्धानको क्रममा प्रहरीले प्रधानमन्त्री थोमस थावानेलाई पनि सोधपुछ गरेको थियो। उनकी परित्यक्त पत्नी लिपोलेलो थावानको सन् २०१७ मा राजधानी मसेरुनजिकको आफ्नै निवाससामू गोली हानी हत्या भएको थियो।

त्यतिबेला उनको पतिसंग पारपाचुकोका लागि निकै चर्काचर्की भइरहेको थियो। यस हत्या मुद्दालाई २८ फेबु्रअरीसम्मका लागि मुल्तबीमा राखिएको छ। प्रथम महिलालाई प्रहरीहिरासतका लागि रिमान्डमा लिइएको छ। उनले आफ्नो जमानका लागि प्रयास गर्ने अनुमान गरिएको छ। शुरूमा सो हत्या अज्ञात हतियारधारी समूहबाट भएको बताइएको थियो।