अबदेखि ‘नो ह्यान्डसेक’

0
Shares

काठमाडौं, (नेस)।

केही दिन अघिदेखि चीनको हुवान शहरबाट महामारीको रूपमा फैलिन थालेको नोबेल कोरोना भाइरस यतिखेर विश्वव्यापीरूपमा फैलिएको आशंका गरिएको छ।

सोमबारसम्म चीनमा मात्रै ३ सय ५० जनाको मृत्यु भईसकेको छ भने फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले विश्वभरी आकस्मिक सरुवा रोगको रूपमा (ग्लोबल एपिडेमिक) घोषणा गरेपछि नेपालमा पनि यस रोगबारे सबै तिरबाट सचेतना अपनाउन थालिएको छ।

यसै सन्दर्भमा कोरोना भाइरस सर्नबाट बच्नका लागि नयाँबानेश्वरस्थित काव्य स्कुलले आफ्ना विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरूलाई आइतबारदेखि विद्यालय हातामा होस् या विद्यालय बाहिर एक आपसमा ‘हात नमिलाउन’ बरु ‘नमस्कार मात्रै गर्न’ आग्रह गरेको छ।