क्यान्सर पीडित प्रीतिको आग्रह, मलाई बचाउनुहोस्

94
Shares

भूपराज बस्याल, काठमाडौं।

रक्त क्यान्सर भएर कुवेतको अस्पतालमा जीवन मरणको दोसाँधमा रहनु भएकी प्रीतिी गुरुङले कुवेतको अस्पतालबाट आफूलाई बचाउन गर्न आग्रह गर्नुभएको छ। २ बर्षअघि घरेलु कामदारको रूपमा कुवेत पुग्नुभएकी गोरखा आरुघाटकी गुरुङ रक्त क्यान्सर भएपछि कुवेतको अस्पतालमा जीवन–मरणको दोसाँधमा हुनुहुन्छ।

गत सेप्टेम्बरमा एपेन्डिसाइड भएर कुवेतको फर्वानिया अस्पताल पुग्नुभएको उहाँ एपेन्डिसाइडको अप्रेशनपछि आफूलाइँ रक्त क्यान्सर पनि भएको डक्टरहरूले बताएको उहाँ बताउनुहुन्छ।

त्यसपछि कुवेतको स्वयख स्थित सेखबदरी क्यान्सर अस्पतालको वार्ड नं १० मा रहनुभएकी गुरुङ भन्नुहुन्छ –‘मलाई सकेसम्म छिट्टै घर पठाउने मिलाउँदै उपचारको लागि सहयोग गर्न अनि मलाई बचाइदिनुहोस्। डाक्टरले सकेसम्म आनै वंशज बुबा, आमा, दाइ, भाइ वा दिदी बहिनीको रगत दिनुपर्छ भनेको हुँदा नेपाल आउन पहल गरिदिन उहाँले आग्रह गर्नुभएको हो।

अहिलेसम्म साहू–साहुनीले सहयोग गरिरहेको र केही चाहियो भने ल्याइदिन्छाँै भनेर गरेर फोन गर्ने, भेट्न आउने गरेको भए पनि कुवेतमा उनीहरूभन्दा अरू कोही नभएको हँुदा नेपाल आउन पाए आमाको हेरचाहमा उपचार हुनेहँुदा छिटोभन्दा छिटो नेपाल फर्काउन उहाँले आग्रह गर्नुभएको हो।
सानैमा बुबाले आमालाई छोडिदिएको बताउने प्रीति भन्नुहुन्छ – बुबालाई देखे पनि चिन्दिनँ होला।

उहाँ अहिले पोखरातिर हुनुहुन्छ भन्ने सुनेको छु, नभेटेको १४ वर्ष भयो। भाइ गाउँमै छ, आमा र अंकल काठमाडौँमा हुनुहुन्छ। उहाँहरूलाई सहयोग गर्न कुवेत आएँ उल्टै उहाँहरूलाई सहयोग मागिरहेकी छु। आमाले नआत्तिई बस, सबैलाई अनुरोध गरेर भए पनि छिट्टै नेपाल झिकाउने भनिरहनुभएको छ तर खोइ घर फर्किने कहिले होला।

उहाँ भन्नुहुन्छ – ‘कुवेतमा धेरै नेपाली संघ–संस्थाहरू अनि सहयोगीहरू छन भन्ने सुनेकी छु, मलाई सकेसम्म छिटो घर पठाउन सहयोग गर्न सबैलाई अनुरोध गर्दछु।

यसै बीच नेपाली राजदूतावासका तृतीय सचिव मनोजकुमार सिंहले प्रीति गुरुङको अवस्था बुझेर नेपाली राजदूतावासले गर्नुपर्ने प्रक्रियाहरूमा सम्भव भएसम्मको आवश्यक सहयोग गर्ने बताउनुभयो।

एनआरएनए कुवेत तथा कुवेतमा रहेका सबै नेपाली संघ–सस्थाहरूलाई रक्त क्यान्सर पीडित प्रीति गुरुङ सहयोग गर्न कल्याणकारी युवा समाजका अध्यक्ष नीरजसिंह ठकुरी तथा सांस्कृतिक विभाग प्रमुख गायक राजु थापाले अनुरोध गर्नुभएको छ।