कृष्ण पहाडीको खातामा रकम हस्तान्तरण हुँदै

0
Shares

काठमाडौं, (नेस)।

अधिकारकर्मी, नागरिक आन्दोलनका नेता एवं मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैँक खातामा रहने रकम मानव अधिकार तथा शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गर्नुभएको छ।

यसै गरी आफूले लेखेका पुस्तकहरूबाट प्राप्त हुने रोयल्टी लगायतका सम्पूर्ण रकम पनि शान्ति समाजको हुने घोषणा पहाडीले गर्नुभएको छ। पहाडीका नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी २९ वटा पुस्तकहरू प्रकाशित भइसकेका छन्।