दोस्रो आइस क्लाइम्बिङ सुरु

0
Shares

मनाङ, (नेस)।

मनाङको ङिस्याङ गाउँपालिका–४ हुम्देमा दोस्रो आइस क्लाइम्बिङ महोत्सव सुरु भएको छ। नेपाल आइस क्लाम्बिङ टिम र नेपाल पर्वतारोहण संघ एनएमएको आयोजनामा महोत्सव सुरु भएको हो।

दोस्रो महोत्सवमा नेपाल क्लाइम्बिङ टिम सहआयोजक रहेको छ भने नेपाल सरकार, नेपाल भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन बोर्ड र स्थानीय सरकारको पनि सहयोग रहेको आइस क्लाम्बिङ टिमका महासचिव बिष्णु तामाङले बताउनुभयो। उहाँका अनुसार गत वर्ष यही ठाउँमा पहिलो आइस क्लाइम्बिङ महोत्सव भएको थियो।