सर्वोच्चले बढायो फछ्र्योटको संख्या

0
Shares

काठमाडौं, (नेस)।

सर्वोच्च अदालतले यस सातादेखि मुद्दा फछ्र्योटको संख्य ह्वात्तै बढाएको छ। पेसी व्यवस्थापनलाई प्रभावकारी बनाएपछि मुद्दाको फछ्र्योटको संख्या बढेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताउनुभयो।

गत साताको आइतबार मुद्दाको फछ्र्योटको संख्या ७५ भएकामा यस साताको आइतबारको मुद्दाको फछ्र्योटको संख्या १ सय ६३ पुगेको छ।
यसै गरी गत साताको सोमबारको संख्या ५५ थियो भने यस साताको सोमबारको संख्या १ सय ५८ पुगेको छ।

यसै गरी गत साताको मंगलबार त्यस्तो मुद्दाको संख्या ५९ थियो भने यस साता मंगलबारको संख्या १ सय ४० पुगेको छ।सर्वोच्च अदालतले यस सातादेखि बिहान १० बजेदेखि नै इजलासम सुनुवाइ हुने व्यवस्था गरेको छ। यस्तो कार्य आउँदो असार मसान्तसम्म हुने बताइएको छ।