कुलपति कर्माचार्यको समितिले मेयर शाक्यलाई स्कल्पचर सम्बन्धी प्रतिवेदन बुझायो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यको संयोजकत्वमा गठित स्कल्पचर तथा कलाकृति प्रतिस्थापन निर्देशक समितिले काठमार्डौ महानगर पालिकाका प्रमुख बिद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ । काठमाडौंका सार्वजनिक स्थानमा मूर्ति, चित्र तथा अन्य आकृति चिनारीको निर्माण तथा प्रतिस्थापन गर्न अध्ययन गर्न गठन गरेको समितिले तत्काल भित्ते चित्रलेखनको कामबाट कला प्रदर्शन गर्न सकिने प्रतिवेदन दिएको हो ।

प्रतिवेदन बुझाउँदै कुलपति कर्माचार्यले भन्नुभयो– गौशाला, बबरमहल, सुन्धारा, भद्रकाली लगायत स्थानमा तिनै ठाउँका मूर्त अमूर्त कला देखिने चित्रलेखन गर्न सकिन्छ । मूर्ति र आकृति निर्माणका लागि नियमित काम गर्ने समूह बनाएर, स्थानको उपलब्धता र आवश्यकताका आधारमा काम गर्न सकिन्छ, आफूले गरेको शिफारिसका बारेमा कुलपति कर्माचार्यले भन्नुभयो ।

प्रतिवेदन बुझ्दै मेयर शाक्यले ‘स्थानीयबासीको भावना र काठमाडौको पहिचान हुने खालका आकृति हाम्रै पालामा प्रतिस्थापन गर्ने लक्ष्यअनुसार काम गर्नुपर्ने बताउनुभयो । उहाले महानगरले यसका लागि १० करोड रुपैयाँ बजेट छुट््याएको छ ।’ सम्पदा संरक्षण र पर्यटन बर्षमा महानगरका थप काम गर्नेछ भन्नुभयो । ‘नेपाल पर्यटन बर्षमा नेपाल आउने पर्यटकले काठमाडौंको चिनारी बुझेर जान पाउन् भन्ने मेरो इच्छा छ ।’ पुर्खाले गरेका कामको महिमा पुस्तान्तरण गर्दै आफ्ना पालामा पनि बर्षौसम्म सम्झना गर्न सकिने काम गर्ने उहाँको भनाइ थियो ।

सार्वजनिक ठाउँमा कला, मूर्ति, प्रतिमा वा आकृति राख्दा काठमाडौं उपत्यकाको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा सम्पदाको गरिमा बिम्बित कसरी गर्न सकिन्छ? महानगरले निर्देशक समितिबाट सुझावको अपेक्षा गरेको थियो । अब यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा सोच निर्माण गर्ने बिज्ञहरुलाई सँगै लिएर काम गर्दा फलदायी हुन्छ, त्यस क्रममा समितिका सदस्य सचिव एवं सम्पदा तथा पर्यटन बिभागका प्रमुख रामबहादुर थापाले धारणा राख्नुभयो ।

पर्यटकको स्मृतिमा काठमाडौंको चिनारी रहिरहोस् भन्नका लागि महानगरले स्कल्पचर तथा कलाकृति प्रतिस्थापन निर्देशक समिति गठन गरेको थियो । समितिको सदस्य सचिवमा महानगरको सम्पदा तथा पर्यटन बिभागका प्रमुख रामबहादुर थापा र सदस्यमा कलाकारहरु सुनिल रञ्जितकार, एक्काराम सिंह, धर्मराज शाक्य, सुष्मा राजभण्डारी र महानगरको सहरी योजना आयोगको सचिवालयका तर्फबाट मनराजा रञ्जित हुनुहुन्थ्इो ।

२०७६ साउन १० गते बसेको नगर कार्यपालिकाको बैठकले स्कल्पचर तथा कलाकृति प्रतिस्थापन निर्देशक समिति गठन गर्ने निर्णय गरेको थियो । काठमाडौंको चिनारीसँग जोडिएको चित्रकला, मूर्तिकला, धातुकला, काष्ठकला र प्रस्तरकलाको मौलिक सृजना र आधुनिक बिकास प्रणालीको अन्तरसम्बन्ध बिम्बित हुने सृजना प्रतिस्थापन गर्नु महानगरको कार्यक्रम हो ।