देउवा १४ औं महाधिवेशनमा पुनः सभापतिको दावेदार बन्ने


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पुनः सभापतिको दावेदार बन्ने भएका छन्। आगामी महाधिवेशनमा पार्टी सभापतिले पुनः सोही पदमा उम्मेदवारी दिने देउवा निकटका एक नेताले जानकारी दिएका हुन।

आफू निकटका नेताहरुसँग देउवाले पुनः सभापति बन्ने घोषणा गरिसकेका हुन्। देउवा निकटका एक नेताले भने, ‘अहिले उम्मेदवार सार्वजनिक गर्ने बेला भइसकेको छैन। सभापतिले फेरि पनि त्यहि पदमा उम्मेदवारी दिने हामीहरुसँग बताउनुभएको छ।’

संस्थापन समुहबाट देउवा सभापतिको उम्मेदवार बनेका अवस्थामा उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार उनको अवरोधक नहुने ती नेताको बुझाइ छ। देउवा निकटका नेताले देउवा बलियो उम्मेदवारकै रुपमा भएको तथा संस्थापन समूहमा उहाँले रुचि राखेपछि अरु कसैले रोक्ला जस्तो लाग्दैन।’

सभापतिमा पुनः उम्मेदवार देउवा बनेपछि उनका लागि व्यवस्थापनको चुनौतिमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार हुनेछन्। एउटै समूह भएकाले सभापति देउवाले मिलाउन सक्ने देउवा निकट नेताहरुको बुझाइ छ।