न्युज अफ नेपाल, सुर्खेत ।
भेरीगंगा नगरपालिका–११ चिप्लेमा निर्माणाधीन भेरी बबई डाइभर्सन आयोजनास्थलमा एक युवकको शव फेला परेको छ ।
आयोजनास्थलमा रहेको बा१६च १०४ नम्बरको बोलेरो जिपमा मंगलबार बिहान बाँकेको खजुरा गाउँपालिका–३ का ३२ वर्षीय प्रदीप पराजुलीको शव फेला परेको प्रहरीले जनाएको छ ।
पराजुलीको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शव पोष्टर्माटमका लागि पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया