भारी हिमपातका कारण उत्तरी मुस्ताङ्गमा दुई सातादेखि आवतजावत बन्द

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत । 

बाक्लो हिमपातका कारण उत्तरी मुस्ताङ्गमा दुई साता देखि आवतजावत पुरै ठप्प भएको छ ।

उत्तरी मुस्ताङ्ग र तिब्बत जोड्ने कालीगण्डकी करीडोरमा बाक्लो हिमपातका कारण सडक यातयात पुरै ठप्प भएको हो । कोरल्ला नाका समेत पुर्णरुपमा बन्द भएका कारण छिमेकी देश चीनमा फैलिएको कोरोना भाईरसको प्रभाव समेत परेको छैन ।

उत्तरी मुस्ताङ्गलाई जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिउँ जमेको छ । लो घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ्ग सम्मको हिउँ सफा गरिएको मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताउनुभयो । लोमान्थाङ्ग गाउँपालिकामा भने हिउँ पन्छाउने काम हुन सकेको छैन । कालीगण्डकी नदीमा समेत बाक्लो हिउँ जमेपछि खोलैखोला सञ्चालन हुने यातयात समेत बन्द रहेको छ ।

‘कालीगण्डकी करिडोरमा जमेको हिउँ हटाउने संभावना तत्काललाई छैन’ प्रजिअ अर्यालले भन्नुभयो ‘कालीगण्डकी नदीमा खोलैखोला हिउँ सफा गरेर सडक यातयात सुचारु गर्ने प्रयास भैरहेको छ’ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चराङ्ग सम्मको हिउँ सफा गरिसकेको र चराङ्ग देखि माथिल्लो क्षेत्रको हिउँ लोमान्थाङ्ग गाउँपालिकाले सफा गर्ने सहमति भएको छ । गाउँपालिकाले एक दुई दिन भित्र हिउँ सफा गरेर सडक सञ्चालन गर्ने तयारीमा रहेको प्रजिअ अर्यालले बताउनुभयो ।

जाडो शुरु भएपछि मुस्ताङ्गीहरु बेसी झर्ने गर्दछन । सिंगो लोमान्थाङ्ग गाउँपालिका भर एक सय भन्दा बढी मानिस जाडो याममा बसेका छैनन। भेडा, च्याङ्गग्रा र घर कुर्नका लागि केही मानिस बसेपछि सबै बेसीमा झरेका छन । कोरल्ला नाका समेत बन्द भएका कारण कोरोना भाईरसको समेत प्रभाव परेको छैन । ‘मानिसहरु प्रायः घर बाहिर ननस्किने र सिमामा दोहोरो आवतजावत समेत नरहेका कारण कोरोनाको प्रभाव छैन।’ प्रजिअ अर्यालले भन्नुभयो ।
मुक्तिनाथमा सुरक्षाकर्मी लगाएर हिउँ सफा

यसैबिच प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य मुस्ताङको मुक्तिक्षेत्रमा शनिबार सुरक्षाकर्मी लगायतले सरसफाई तथा हिउँ पन्छ्याउने काम गरेका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा शैनिक उच्चशिखर शिक्षालयका शैनिक जवान, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप पर्यटक चेकपोष्ट र स्थानीयबासी लगायतले मुक्तिनाथको पहिलोद्धार देखि मन्दिर परिसरको बाटोमा थुप्रिएको हिउँ पन्छ्याइएको हो । लगातार ३ पटक परेको हिमपातले मुत्तिनाथ रानीपौवा बजारदेखि मुक्तिनाथद्धार सम्मको करिव २ किलोमिटर पैदल बाटोमा २ फिट हिउँ जमेपछि तिर्थालुलाई मन्दिर पुग्न कठिनाई परेको थियो ।

रानीपौवा बजार देखि मुक्तिनाथ सम्मको दुरीमा बाक्लो हिउँ जमेकाले मुक्तिनाथ दर्शन गर्ने तिर्थालुलाई असहज हुँदै आएको थियो । बजारबाट मन्दिर जाने जीर्ण उकालो बाटो त्यसमाथि हिउँको चाबले स्वदेशी तिर्थालु भन्दा भारतीय तिर्थालुलाई बढी समस्या पर्दै आईरहेको थियो । बाँक्लो हिउँमा पैदल यात्रा गर्दा तिर्थालुलाई लडेर चोटपटक लाग्ने गथ्र्यो । हिउँले भरिएको पैदल मार्गमा स्थानीयले तिर्थालुलाई बोकर वा स्टेचरमा राखेर लाने र ल्याउने गरेका थिए । सुरक्षाकर्मीले बाटोको हिउँ पन्छ्याएपछि तिर्थालुलाई अब आउजाउमा केही सजिलो भएको प्रहरी नायब उपरिक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।