ज्ञानेन्द्र र पारस आउट

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल र ओमानबीच किर्तिपुर त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का आउट भएका छन् ।

कप्तान ज्ञानेन्द्र १ रनमा क्याच आउट भए भने पारस ३ रनमा पेभिलियन फर्किएका हुन् । कलीमुल्लाहको चौथो ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा कप्तान ज्ञानेन्द्र मोहम्मद नदीमबाट क्याच हुन पुगे ।

त्यस्तै बिलाल खानको पाँचौ ओभरको तेस्रो बलमा पारस सट खेल्नेक्रममा एज लाग्दै विकेटकिपर सुरज कुमारबाट ३ रनमा क्याच आउट भएका छन् ।

अहिले नेपालले ५ ओभरको समाप्तमा २ विकेट गुमाउँदै ४ रन मात्र जोडेको छ भने क्रिजमा उपकप्तान दिपेन्द्रसिंह ऐरी र शरद भेषावकर रहेका छन् ।