किशोरको मृत्युको कारण दुईको जागिर चट

0
Shares

बेइजिंग, (एजेन्सी)।

सेरेब्रल पाल्सीबाट पीडित एक किशोरको मृत्यु भएपछि चीनमा दुईजना सरकारी अधिकारीलाई पदबाटै बर्खास्त गरिएको छ। ती किशोरका एक मात्र स्याहारकर्ता उनका पितालाई ती अधिकारीहरुले कोरोना भाइरस संक्रमित भएको आशंकामा क्वारेन्टायन गरेका थिए।

१६ वर्षीय यान चेंगलाई बुधवार मृत अवस्थानमा फेला पारिएको थियो।एक साताअघि उनका पिता र भाइलाई क्वारेन्टाइनमा राखिएको थियो। सञ्चार माध्यमले त्यति अवधिभित्र ती अशक्त किशोरले दुईपटक मात्र खान पाएको जनाएको छ। यस घटनालाई लिएर हवाजियाहे सहरका स्थानीय कम्युनिस्ट पार्टीका सचिव र मेयरलाई सरकारले बर्खास्त गरेको हो।

यान चेंगको यस कथालाई सामाजिक सञ्जालमा भाइरल भएको छ। मृतक किशोरको परिवार कोरोना भाइरसबाट सबैभन्दा आक्रान्तमध्ये हुवेइ प्रान्तका बासिन्दा हुन्।

स्थानीय सञ्चार माध्यमले चिनियाँ सामाजिक सञ्जाल वेइवोमार्फ आफ्नो छोरालाई विनापानी र खाना एक्लै छाड्न परेकाले मद्दत गरिदिन सार्वजनिक पमा अपिल गरेका थिए।

बाल्यावस्थाको सुरुवातमै लाग्ने यस सेरेब्रल पाल्सीको कारण हिंडुल गर्न समेत रोगी असक्षम हुने गर्दछन्। यौ रोग लागेपछि शरीर काम्ने , मांसपेसी कडा वा कमजोर हुने, खाना निल्न कठिन हुने, दृष्टि धमिलो हुने तथा बोली र श्रवणशक्तिसमेत नराम्ररी प्र्र्र्र्र्रभावित हुने गर्दछन्। यो रोग लाग्नेहरु शारीरिक र मानसिक पमा निकै अशक्त हुने गरेका छन्।

सरकारी अधिकारीले ति किशोरको मृत्युबारे थप अनुसन्धान पनि सुुरु गरेका छन्। चीनमा कोरोना भाइरस संक्रमणको कारण अहिलेसम्म ३ सय ६१ जना मानिसको ज्यान गइसकेको छ भने १७ हजार जना भन्दा बढीमा संक्रमण भेटिएको पुष्टि भइसकेको छ।

त्यसै गरी चीनबाहिर पनि १ सय ५० जनामा यो भाइरस भेटिएको पुष्टि भइसकेको छ भने एक जनाको त फिलिपिन्समा मृत्युसमेत भइसकेको छ। विश्व स्वास्थ संगठन ( डब्ल्युएचओे ) यो महामारी अझै फैलिने चेतावनी दिएको छ।