काठमाडौं, (नेस)।
सेबले चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेको छ। सेबले गोल्डेनपिकलाई २७–२४ ले पराजित गर्यो।
त्यस्तै इस्टपोलले ग्रिनफिल्डलाई २५–२० तथा आयोजक भानुभक्तले मिमोनिकलाई ११–८ ले हराए। सिनियर ब्वाइजमा नवोदितले काठमाडौं जेभियरलाई ४९–३५, न्यु बुद्ध प्रकाशले ज्ञानोदयलाई २८–२० र न्यु समिटले सेबलाई ४७–३२ ले पाखा लगाए।
सिनियर गल्र्समा आयोजक भानुभक्तले केएमसीलाई १९–१० तथा टीआईएले ज्ञानोदयलाई ३०–२० ले पन्छाए।
प्रथम भानुभक्त मेमोरियल अन्तरविद्यालय नेटबलमा आयोजक भानुभक्तले सेबलाई २८–५ तथा मंगलदीपले ज्ञानोदयलाई ३८–९ ले निराश पारे।
प्रतिक्रिया