नेक्सस र ग्लोबल फाइनलमा

0
Shares

काठमाडौं, (नेस)।

नेक्सस र डिफेन्डिङ च्यामिपयन ग्लोबल पब्लिक स्कुल नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको सेमिफाइनलमा नेक्ससले न्यू होलीक्रसलाई ४–० तथा ग्लोबलले अर्किडलाई १–० गोलले पराजित गरे।