सिद्धार्थले नेपालगन्जमा दुई शाखा थप्यो


सिद्धार्थ बैंकले नेपालगन्जमा एकै दिन दुई वटा शाखा थपेको छ। मंगलबार न्युरोड र बीपीचोकमा सञ्चालनमा ल्याएको शाखासहित सिद्धार्थको नेपालगन्जमा तीन वटा शाखा भएको छ भने जिल्लाभरीमा पाँच वटा पुगेको छ।

सिद्धार्थ बैंकका वरिष्ठ नायब महाप्रबन्धक शेरबहादुर बुढाथोकीका अनुसार, सिद्धार्थको देशभरमा १ सय ८० वटा शाखा छन्। बैैंकले एक सय ३३ अर्ब निक्षेप र एक सय २३ अर्ब लगानी गरेको छ।

५ नम्बर प्रदेशमा साढे तीन अर्ब निक्षेप संकलन गरेर सात अर्ब बढी लगानी गरेको छ। वरिष्ठ नायब महाप्रबन्धक बुढाथोकीले ५ नम्बर प्रदेशमा निक्षेप संकलनभन्दा लगानी बढी गरेको बताउनुभयो।

नेपालगन्जमा खुलेको नयाँ शाखा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा, नेपाल राष्ट्र बैंक, नेपालगन्जका निर्देशक मुक्तिप्रसाद सापकोटालगायतले उद्घाटन गर्नुभयो।