कोराना भाइरसबाट बच्न काव्यमा नमस्ते मात्रै, अवदेखि ‘नो ह्याण्डसेक’

0
Shares

काठमाडौं ।

केही दिन अघिदेखि चीनको हुवान शहरबाट महामारीको रुपमा फैलिन थालेको नोवेल कोरोना भाईरस यतीखेर विश्वव्यापीरुपमा फैलिएको आशंका गरिएको छ । सोमबारसम्म चीनमा मात्रै तीनसय पचासजना मानिसको कोरोना भाइरसबाट मृत्यु भईसकेको छ भने फिलिपिन्समा एकजनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वभरी आकस्मिक सरुवा रोगको रुपमा (ग्लोवल एपिडेमिक) घोषणा गरेपछि नेपालमा पनि यसरोगबारे सबैतिरबाट सचेतना अपनाउन थालिएको छ ।

यसै सन्दर्भमा कोरोना भाइरस सर्नबाट बच्नका लागि नयाँबानेश्वरस्थित काव्य स्कुलले आफ्ना विद्यार्थी, शिक्षक, कर्मचारी्र अभिभावकहरुलाई आइतबारदेखि विद्यालय हातामा होस् या विद्यालय बाहिर एक आपसमा ‘हात नमिलाउन’ बरु ‘नमस्कारमात्रै गर्न’ आग्रह गरेको छ ।

हात मिलाउँदा विभिन्न सरुवा रोग एक आपसमा सजिलैसंग सर्ने तर नमस्कार गर्दा केही नहुने भएकोले काव्य स्कुलले नमस्कार गर्न सबैसंग आग्रह गरेको काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले बताए ।

नेपाली संस्कृति र परम्परा अनुसार पनि मान्यजनलाई नमस्कार गर्ने चलन छ । भलै चीनको हुवान शहरबाट शुरु भएको कोरोना भाइरसको महामारीले फेरी एक आपसमा हात मिलाउने नभई नमस्कार गर्ने बानी बस्नेसंस्थापक प्रिन्सिपल बास्कोटाले बताए ।

मौसमी रुघाखोकी, ज्वरो, स्वाशप्रस्वासमा समस्या हुँदै निमोनिया भएर मानिसको मृत्यु हुने कोरोना भाईरसलाई विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरिसकेको छ ।

मौसमी र सरुवा रोगको रुपमा रहेको कोरोना भाइरसबाट बच्न विद्यालयले सबै विद्यार्थी, शिक्षक, अभिभाकहरुलाई गुणस्तरीय मास्क लगाउन,समुन्द्री खाना नखान, रुघाखोकी लागेका विरामी मानिसबाट टाढा बस्न र रुघाखोकीको लक्षण देखिनासाथ नजिकको अस्पताल या डाक्टरकहाँ जान आग्रह समेत गरेको छ ।