भारतमा नेपाललाई ४ स्वर्ण

0
Shares

काठमाडौं, (नेस)

भारतको विशाखापटनमा भएको चौथो अन्तर्र्रािष्ट्रय कराँते प्रतियोगितामा नेपालले ४ स्वर्णसहित कूल ६ पदक जितेको छ। नेपाल, भारत, बंगलादेश, श्रीलंका र भुटानका गरी करिब ७ सय खेलाडीले सहभागिता जनाएको थियो। टिमतर्फ भारत पहिलो, नेपाल दोस्रो र बंगलादेश तेस्रो भएको थियो।

पुरुषोत्तम पोखरेलले ५५ केजी तौलमा, नानुमाया राईले ५५ केजी तौलमा, जेसिका खत्रीले ४५ केजी तौलमा र टासी छिरिङ लामाले ४० केजी तौल समूहमा स्वर्ण जिते। त्यस्तै लक्ष्मी तामाङ ४० केजी तौलमा रजत र भक्तबहादुर थापामगरले ६५ केजी तौलमा कास्य जितेका थिए। टिमको नेतृत्व नेपाल कराँते महासंघका महासचिव, नेपाल वादोरियो कराँते डो संघका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक हरिशरण केसीले गरेका थिए।