जेभियर र गोल्डेनगेट फाइनलमा

0
Shares

काठमाडौं, (नेस)।

जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट जारी १९औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ फाइनलमा पुगेका छन्।

मंगलबार भएका खेलमा जेभियरले ह्वाइटहाउसलाई ५०–४९ ले र गोल्डेनगेटले न्यु जेनिथलाई ४४–३८ ले हराएका हुन्।

जेभियरका शिशिर कुँवरले २४ अंक र गोल्डेनगेटका सुशिल घलेले १८ अंक योगदान दिए। स्कुलको ब्वाइजतर्फ ज्ञान निकेतन र नेरिक एकेडेमी उपाधिका लागि भिड्नेछन्।

ज्ञान निकेतनले इनोभेटिभलाई ७१–५१ ले पाखा लगायो। टोलीका विवेक यादवले २० स्कोर गरे। नेरिकले पुष्पसदनको चुनौती ४१–३९ ले पन्छायो। नेरिकका जीवन शाहीले १७ अंक जोडे।