चुनावी प्रचार–प्रसार तीव्र

0
Shares

काठमाडौं, (नेस)। 
यही माघ २५ गते शनिबार हुने नेपाल बार काउन्सिलको पार्षद्को निर्वाचनका लागि नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र नेपाल लयर्स एसोसिएसन (एनएलए) ले आफ्नो–आफ्नो उम्मेदवारको चुनावी प्रचार–प्रसार तीव्र बनाएका छन्।

डीएलएका वरिष्ठ केन्द्रीय सदस्य कीर्तिनाथ शर्माका अनुसार डीएलएबाट प्रदेश नम्बर १ का लागि देवेन्द्र कोइराला, २ का लागि श्यामकुमार मिश्र, ३ का लागि वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने, ४ का लागि मुकुन्दराज अर्याल, ५ का लागि बाबुराम पाण्डे, ६ का लागि दमनराज बम र ७ का लागि खगेन्द्रराज जोशीको उम्मेदवारी परेको छ।

यसै गरी एनएलएको केन्द्रीय कार्यालयबाट थाहा भएअनुसार १ नम्बर प्रदेशका लागि प्रेमप्रसाद पोखरेल, २ बाट उमेशकुमार यादव, ३ बाट डा. चन्द्रकान्त ज्ञवाली, ४ बाट नारायणप्रसाद आचार्य, ५ बाट सीताराम अग्रवाल, ६ बाट रामबाबु बिसी  र ७ बाट प्रकाशबहादुर पाण्डेयलाई उम्मेदवार बनाइएको छ।