जर्मनीका राष्ट्रपतिकी श्रीमती नेपालमा 

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 
युनिसेफ जर्मनीकी संरक्षक तथा संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्र्यांकवाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डर नेपाल भ्रमणमा रहनुभएको छ।
सोमबार नेपाल आउनुभएकी एल्केले स्वास्थ्य सेवा र शिक्षाको पहुँच, उच्च गरिबी र प्राकृतिक प्रकोपको उच्च जोखिमजस्ता थुप्रै संरचनात्मक चुनौतीका बाबजुद नेपालले बाल अधिकार तथा दिगो विकास लक्ष्य प्राप्तितर्फ उल्लेखनीय प्रगति गरेकोमा प्रशंसा गर्नुभएको छ। उक्त भ्रमणमा जर्मनेली राष्ट्रिय समितिका अध्यक्ष जर्ज ग्राफ वाल्डर्सी पनि एल्केबुडेनबेन्डरसँगै भ्रमणमा रहनुभएको छ।

‘युनिसेफसँगै नेपालका बालबालिकाको जीवनस्तर सुधार तथा उनीहरूको अधिकारकोे सुनिश्चितता किन महत्वपूर्ण छ भनी ध्यानाकर्षण गराउनका लागि म नेपाल आएकी हुँ।’  उहांले भन्नुभयो।

‘बालअधिकार सुनिश्चित नगरी जर्मनी साथसाथै अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्ध रहेको दिगो विकासको लक्ष्य हासिल गर्न सकिदैंन।’ एल्के बुडेनबेन्डरले आफ्नो भ्रमणको  क्रममा बताउनुभयो।

युनिसेफ जर्मनीकी संरक्षकले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाहरूको स्थितितिर त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमको बारेमा थप जानकारी लिनुहुने भएको छ। एल्के बुडेनबेन्डरले विद्यालय, युवा क्लबहरू र समुदायहरूका बालबालिकालाई भेटी उनीहरूले आफ्नो दैनिक जीवनमा आउने चुनौतीहरूको सामना गर्ने तरिकाको बारेमा जानकारी लिनुहुने भएको छ। उहाँले  प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न समुदायहरूले आफूलाई सुदृढ बनाउन गरेका प्रयासहरूको बारेमा पनि जानकारी लिनुहुनेछ।