२ सय थान मोबाइल बरामद

0
Shares

काठमाडौं, (नेस)।

नागढुङ्गाबाट मोबाइल १ सय ८९ थान र सोको चार्जर १ सय ९७ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ। साथै उक्त मोबाइल तिब्बती नागरिकको रहेको खुल्न आएपछि उनलाई नयाँ बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश नम्बर(३–०१–००६ ख०२४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त बसको डिकीमा रहेको सुटकेसमा बेवारिसे अवस्थामा फेला परेका उक्त मोबाइल प्रहरीले बरामद गरेको हो।