बलात्करपछि हत्या गरिएकी अधिकारकर्मी भुजेलको हत्याका अभियुक्त सार्वजनिक

0
Shares

न्युज अफ नेपाल, हेटौँडा। 

अधिकारकर्मी अजिता भुजेलको हत्यामा संलग्न भएको भन्दै पक्राउ परेका पाँचजनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–४ का १८ वर्षीय हापु भन्ने सिमोन परियार, सोही ठाउँका २४ वर्षीय घनटाउके भनिने सुशील थापा रहेका छन् । हत्या गरिएकी भुजेलको मोबाइल प्रयोग गरेकामा महिलासहित अन्य तीनजनालाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार भुजेललाई हेटौँडा–११ स्थित थानाभ¥याङमा ना६ख नंको ट्रकमा राखी हापु भन्ने सिमोन परियार, सुशील थापा र अन्य दुईजनासमेत मिलेर सामूहिक रुपमा यौन सम्पर्क गरेको र त्यसबापत भुजेलले रु सात हजार मागेपछि विवाद भएको र गाडीमा प्रयोग हुने बिजुलीको तारले घाँटीमा कसेर मारेको त्यसपछि त्यही गाडीमा राखेर छ किलोमिटर पूर्व क्याम्पाडाँडास्थित कान्तिराजपथमा फालेको उनीहरुले बताएका छन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो ।

यही माघ ४ गते हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडामा एउटा शव फेला प¥यो । मृतकको शरीरमा नीलडाम देखिन्थ्यो भने घाँटीमा बिजुलीको तार बेरिएको र शरीर पूर्णरुपमा नग्न अवस्थामा रहेको थियो ।

शव भेटिएको केहीबेरमै लैंङ्गिक, अल्प सङ्ख्यकहरुको क्षेत्रमा क्रियाशील अधिकारकर्मी अजिता भुजेल रहेको थाहा भयो । भुजेल मकवानपुरबाट तेस्रोलिङ्गीका रुपमा नागरिकता लिने पहलो व्यक्ति पनि थिइन् ।

घटनापछि प्रहरीले धेरैलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो भने केहीलाई निगरानीमा राखेरसमेत अनुसन्धान गरेको थियो । प्रहरीले घटना घटेको दिन तथा त्यसअघिका टेलिफोन विवरण, सिसी टिभीहरुमा रेकर्ड भएका भिडियो क्लिपहरु आदिको अध्ययन गरेर अनुसन्धानलाई सफल बनाउने प्रयास गरेको थियो ।

यसरी भएको थियो हत्या

पहिला अजयबाट केही बर्ष अगाडि मात्रै अजिता भएका उनीसँग यसअघि पनि बिभिन्न बसा चालक र सहचालकहरुसंग उठबस थियो । २०७६ साल माघ ३ गते राति अजिता ग्राहककै खोजीमा थिइन् । त्यस क्रममा थानाभर्याङमा सिमोन परियार र शुशील थापा मगरसंग भेट भयो ।त्यत्ति बेला राति भइसकेको थियो ।

उनीहरु एक स्थानीय होटलमा मदिरा सेवनका लागि संगै पसे । त्यही बेला उनीहरुबीचमा यौन सम्पर्कका लागि सहमति भयो अनि सिमोन र शुशिलले हेटौडा ११ थानाभर्याङबाट ७ हजारमा कुरा छिनेर अजितालाई ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकमा लैजाने कुरा गरे र सोही ट्रकमा शारिरिक सम्पर्क भयो त्यसपछि अजिताले पैसा बढी मागिन् ।

७ हजार आफ्नो रेट नभएको बढाएर दिन भन्दै पटक पटक अजिताले झगडा गरेपनि मदिरमा लठ्ठ भएका सिमोन र शुशीलले तारको प्रयोग गरी ट्रक भित्रै उनको हत्या गरेर क्याम्पाडाँडामा लगेर फाले । जबकी थानाभर्याङमा पूर्व पश्चिम राजमार्गमा पर्छ भने क्याम्पाडाँडा कान्तिराजपथ सडकखण्डमा पर्दछ ।

यो क्रममा अजिताको मोवाइल परियारले हेटौंडा ४ का आषित बललाई दिए उनले त्यो मोवाइल उनले अर्का बुद्ध लामालाई दिए । उनले आफ्नी श्रीमती एलिसालाई दिएपछि र उनले मोवाइल अन गरेपछि प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको र प्रमाणित भए मुलुकी अपराध ऐन २०४७ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरमा दुबैलाई जन्मकैद सम्म हुन कानुनमा छ ।

अजिताको हत्यापछि उनको परिवारले झेल्न परेको खबर नेपाल समाचारपत्रमा प्रकाशित भएपछि प्रहरीलाई थप दबाब परेको थियो ।