नेकपा विप्लव समूहका नेता तारा थापा पक्राउ

0
Shares

न्युज अफ नेपाल ,ताप्लेजुङ ।

नेपाल कम्युनिष्ट पाटी नेत्रविक्रम चन्द विप्लव समूहका नेता तारा थापा पक्राउ परेका छन्। थापालाई सोमबार दमकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेता थापा राष्ट्रिय युवा जनस्वयम्सेवक ताप्लेजुङका संयोजक समेत हुन् । गोप्य सूचनाका आधारमा गरिएको अपे्रशनबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

उनलाई आज जिल्ला अदालत झापामा पेश गरि थप अनुसन्धान अघि बढाइने बताईएको छ ।