प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीद्वारा चार वटा विधेयक पेश गर्ने तयारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा बिभिन्न विधेयक र विधेयकसँग सम्बन्धी प्रतिवेदनहरु पेश हुने सम्भावित कार्यसूची राखिएको छ ।

महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

आजैको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले चार वटा विधेयक पेश गर्ने तयारी छ ।त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।