प्रज्जवल ओलीलाई एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड

0
Shares

कबिरस शर्मा,काठमाडौं।

खेल पत्रकार प्रज्जवल ओलीले एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड जितेका छन् ।
विश्वभरका खेल पत्रकारहरुको साझा संस्था एआईपीएसले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्डको ‘वेस्ट कोलम राईटिङ’तर्फ ओलीको समाचार विश्वको उत्कृष्ट बन्न सफल भएको हो ।

हङ्गेरीको बुडापेस्टमा सोमबार राति एक भब्य कार्यक्रमकाबीच ओलीलाई विजेता घोषणा गरिएको छ ।उनले स्पेन र अर्जेन्टिनाको खेल पत्रकारको समाचारलाई पछाडी पार्दै नेपालका तर्फबाट सो अवार्ड प्राप्त गरेका हुन् ।

अवार्डसंगै ओलीले ८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । विश्वभरका करिब १ सय ८० देशका सयौं पत्रकारले पठाएका मध्ये समाचार मध्य ओलीको समाचार उत्कृष्ट बनेको हो ।

उनले गत असार १९ गते काठमाडौं पोस्टमा ‘मुस्किलले ५० खेल खेलिने नेपालमा झण्डै २०० खेल संघहरु पालिएका छन्’ शीर्षकमा समाचार लेखेका थिए ।

नेपालको तर्फबाट एनआईपीएसमा अवार्ड जित्ने ओली पहिलो पत्रकार बनेका छन् । ओली नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिव समेत हुन् । झण्डै डेढ दशकदेखि उनी खेलकुद पत्रकारितामा सक्रिय छन् ।