नेपाल तारा सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)।

नेपाल तारा प्रथम काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ। काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा बौद्धस्थित एरिना फुटसलमा भएको क्वार्टरफाइनलमा नेपाल ताराले पिस प्वाइन्टलाई १–० गोलले पराजित गर्यो।

अन्य क्वार्टरफाइनलमा समताले तारा सदनलाई २–०, कौस्तुभले प्रीतिमालाई ७–० र सेन्चेनले सनसाइनलाई ४–१ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे। फाइनल आज हुँदै छ।