प्याब्सक फुटसलमा ६४ टिम

0
Shares

काठमाडौं, (नेस)।

निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को आयोजनामा चौथो प्याब्सक कप अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।

प्रतियोगितामा ६४ छात्र टिमको सहभागिता रहने प्याब्सकका अध्यक्ष गेन्द्र लामाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगदबाट पुरस्कृत गरिने प्याब्सकका महासचिव राजन श्रेष्ठले जानकारी दिए। माघ २३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा खेलाइने छ।