श्यान्टुलाई स्वर्ण

0
Shares

काठमाडौं, (नेस)।

सफ्टवारिका कलेजका श्यान्टु श्रेष्ठले तेस्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ स्वर्ण जितेका छन्।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको पुरुष सिंगल्स फाइनलमा श्यान्टुले लिभरपुलका नारायण घिमिरेलाई ११–५, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरे। बीएमसीका राजीव चिकंबन्जां तथा आर्दश विद्या मन्दिर (एभीएम) का संयोग कपाली तेस्रो भए।

सोही स्पर्धाको महिलामा लिभरपुलकी सिक्का सुवाल श्रेष्ठले फाइनलमा लिभरपुलकै अन्जु सुवाललाई ११–४, ११–८, ८–११ र १५–१३ को सेटमा हराउँदै पहिलो भइन्। ओजश्वीकी अनुष्का प्रसाईं तथा लिभरपुलकी मन्जु सुवाल तेस्रो भए।

ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा एभीएमकी इभाना थापा मगरले ब्लुबर्डकी प्रनिका कुँवरलाई ८–११, ११–७, ११–९, ६–११ र ११–६ को सेटमा हराएर पहिलो भइन्। उक्त स्पर्धाको ब्वाइजमा एभरेस्टका हिमाल विष्टले फाइनलमा एभरेस्टकै समिर खत्रीको चुनौती ५–११, ११–९, ११–६ र ११–५ ले पन्छाए।