गोल्डेनगेट सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)।

गोल्डेनगेट १९औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ। ज्ञान निकेतनद्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेटसंगै ह्वाइटहाउस, जेभियर इन्टरनेसनल कलेज र न्यु जेनिथ पनि अन्तिम चारमा पुगे।

गोल्डेनगेटले सीसीआरसीलाई ६४–५७ ले पराजित गर्यो। टोलीको जितमा सुशिल घलेले सर्वाधिक ३५ अंक योगदान गरे। विशाल मोक्तानको २० अंक सहयोगमा ह्वाइटहाउसले आयोजक ज्ञान निकेतनलाई ५८–४२ ले पराजित गर्यो।

जेभियरले इन्साइट भिजनको चुनौती ४९–३५ ले समाप्त पार्यो। विजेताका सागर तामाङले १३ स्कोर गरे। मोर्गन विरुद्धको खेलमा न्यु जेनिथ ५०–४२ ले विजयी भयो। न्यु जेनिथका संकित शाहीले १५ अंक जोडे।