काठमाडौं, (नेस)।
खाना पकाउने ग्यासको मूल्यमा २५ रुपियाँ वृद्धि भएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य समायोजन गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो।
नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको मूल्य अब १ हजार ३ सय २५ रुपियाँ पुगेको छ। पेट्रोल, डिजल र मट्टीतेलको मूल्य लिटरमा एक रुपियाँ घटाएको उहाँले जानकारी दिनुभयो। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपियाँ र डिजल तथा मट्टीतेलको मूल्य ९९ रुपियाँ कायम भएको छ।











प्रतिक्रिया