१० करोडको ट्रेजरी बिल जारी हुँदै


काठमाडौं, (नेस)।

नेपाल राष्ट्र बैंकले १० करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। बैंकले ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। उक्त जारी हुने यस ट्रेजरी बिलका लागि ल सोमबार बोलकबोल हुनेछ।

यो ट्रेजरी २०७७ साल वैशाखमा परिपक्व हुनेछ। ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।