‘सफल जीवनको लागि योग’ पुस्तक बिमोचन


न्युज अफ नेपाल, काभ्रे ।

धुलिखेल योग साधना केन्द्रद्धारा प्रकाशित सफल जीवनको लागि योग नामक पुस्तक शनिवार धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु, उपमेयर बिमला शर्मा, काठमाडौं विश्व विद्यालय मेडिकल साइन्सका डिन डा.राजेन्द्र कोजू, बरिष्ठ साहित्यकार मोहन दुवाल, पतञ्जली योग केन्द्र प्रदेश नं ३ का प्रमुख ग्रोविन तौजलेले सामुहिक रुपमा बिमोचन गर्नुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि व्याञ्जुले स्वास्थ्य जीवनको अपरिहार्य हो र नगरपालिकाले नमूना नगरका लागि स्वस्थ नागरिकको परिकल्पना गरिरहेको अवस्थामा योग साधना केन्द्रले स्वस्थ जीवनका लागि योग कार्यक्रमका साथै जनचेतनामूलक पुस्तक निकालेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा पुस्तकका सम्पादक दिवाकर जंगमले योग अभ्यास गराएर सहभागीहरुले उपयोगी र व्यवहारिक शिक्षा दिनुभएको थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार दुवालले शारिरीक मात्र हैन पछिल्लो समय हरेक मानिसको मानसिक रुपमै स्वस्थताको खाँचो रहेको कुरा औल्याउँदै पुस्तक प्रकाशन गर्नु निकै प्रशसनीय कार्य भएकाे बताउनु भयो ।

सोही अवसरमा डा.कोजूले नियमित व्यायामले शरिरका अंगलाई स्वचालित गर्छ र रोगलाई टाढा भगाउँछ । तर योग र स्वास्थ्य परिक्षण नियमित गरेर निरोगी बन्न सबैका लागि आवश्यक छ भन्नुभयो । कार्यक्रममा तौजलेले योग साधनाले हरेक मानिसलाई निरोगी, शान्त, सहनसिल बनाउनुका साथै सकारात्मक बिचार तर्फ केन्द्रीत गर्न मदत गर्छ भन्नुभयो ।

उहाँले शुरुमा नबुझ्दा योग भनेको जोगी हुने त हैन भन्ने आफ्नै परिवारले सोच्थे अहिले बुझेपछि सजिलो भएको छ । साथै उद्योग धन्दा कल कारखाना संचालन गर्न कुनै रोक आउँदैन आफ्नो शरिरको लागि २ घण्टा दैनिक छुट्याएर दीर्घजीवी हुन सिकौं भन्नुभयो ।

उहाँले धुलिखेल योग साधना केन्द्रले आम नागरिकको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै पुस्तक नै निकालेकोमा प्रशसा गर्नुका साथै आगामी दिनमा थप उर्जा मिलोस भन्दै सुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवाललाई प्रमुख अथिती ब्याञ्जु, धुलिखेल योग साधना केन्द्रका अध्यक्ष राजु श्रेष्ठले लगायतका अतिथिहरुले दोसल्ला र रुद्राक्षको माला लगाई सम्मान गर्नुभएको थियो ।