‘बेटी बचाउ, बेटी पढाउ’ सम्बन्धी जनचेतना मुलक नाटक


सुभेन्द्र दास, लहान ।

प्रदेश नम्बर– २ सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानले आजभोली तराईका जिल्लामा जताततै चर्चा पाईरहेको देखिन्छ । त्यही स्वरुप सिरहाको लहान– १२ मा रहेको सलहेश फूलवारी सेकेन्ड्री ईङ्गलिश बोडिङ्ग स्कूलका भाईबहिनीहरुले बिहीबार बेटी बचाउ, बेटी पढाउ अभियानको विषयलाई स्वरस्वती पुजाको अबसरमा प्रमुख प्राथमिकतामा राखी नाटक प्रस्तुत गरेका थिए । कक्षा ८ र ९ का भाईबहिनीहरुले करिब १ घण्टा प्रस्तुत गरेको नाटकमा बिद्यार्थीका अधिकाशं अभीभावकको उपस्थिती समेत रहेका थिए ।

राजेश चौधरी, लक्ष्मि चौधरी, अजिता चौधरी, संतोषी साह लगायतका बालबालिकाहरुले प्रस्तुत गरेको प्रतिभा हेर्दा अधिकांश अभीभावकहरुको आँखाबाट आँसु झरेको थियो । छोरीहरुको वास्तविक पिडालाइ उजागर गर्ने नाटक हेर्दै एक जना अभीभावक अनिल चौधरीले भने ‘समाजमा हालसम्म पनी छोरीहरुलाई भु्रण हत्या गन प्रचलन रहेको छ । शहरदेखि ग्रामिण भेगहरुमा छोरालाई बोडिङ्ग स्कूलमा पढाउने, छोरीलाई सरकारी स्कूलमा पढाउन चलन व्याप्तरुपमा समाजमा कायमै रहेको भन्दै त्यस्ता चलनले सिंगो देशको विकासलाई पछाडी तिर धकेलीने उनले बताए ।

मुलुक लोकतान्त्रिक पद्धतीको अभ्यास गरिरहेको बेलामा पनी छोरीलाई दोस्रो दर्जाको रुपमा हेर्ने कोणमा हाल सम्म पनी परिवर्तन हुन नसकेका अर्का एक जना अभिभावक राजदेब पासमानले बताए । सृष्टीलाई रचना गर्नमा महिलाका प्रमुख भूमिका रहेको भन्दै उनले भने– ‘महिला पुरुष एक रथका दुई पाग्रा हो, पुरुष सरह महिलालाई पनी सरकारले हरेक अधिकार दिएकाले महिलालाइ विभेद गर्न नहुने उनले तर्क गरे ।

बालबालिकाको प्रतिभालाई उजागर गर्न स्थानीय भाषा, संस्कृतका गितहरुका साथै लोक नृत्य समेत प्रस्तुत गरेका प्रिन्सिपल शिवकान्त चौधरीले जानकारी दिनुभयो । स्कूलका सम्पुर्ण शिक्षक लगायत अभिभावकहरुको बिषेश उपस्थितिमा भब्य तरीकाले सरस्वती माताको पुजा आराधना गरिएको आयोजक स्कुल श्रोतले जनाए ।