शारदा क्याम्पसकाे बार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगिता सुरु


न्युज अफ नेपाल, भक्तपुर ।

भक्तपुरस्थित ख्वप कलेजको बार्षिकोत्सवको अवसरमा शनिबारदेखि फुटवल र भलिबल (छात्रछात्रा) प्रतियोगिता सुरु भएका हुन् । ख्वप मावि, कलेज तथा शारदा क्याम्पस भक्तपुर नगरपालिका वडा नं ६ देकोचोमा रहेको छ ।

कलेजका प्राचार्य रुपक जोशीले वार्षिकोत्वसको रुपमा दौड (छात्रछात्रा), चेस (छात्रछात्रा), टेवलटेनिस (छात्रछात्रा) यसअघि नै सुरु भइसकेको जानकारी गराए । विभिन्न प्रतियोगिता अन्तर्गत कविता अनि शर्टपुर्ट पनि सुरु हुने उनले जानकारी गराएका छन् ।

कार्यक्रमको उदघाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाका साथै खेलकुद अनि नगरबासीको स्वास्थ्यलाई विशेष महत्व दिएको बताए । त्यसकारण नगरपालिकाले नगरका विभिन्न सार्वजनिक ठाउँंहरुमा निःशुल्क रुपमा व्यायाम गर्न पाउने गरी सर्वसाधारणका लागि व्यायामशाला सञ्चालन गरिराखेको जानकारी दिए ।

नगरपालिकाले विभिन्न ठाउँहरुमा राखेका व्यायामशालाहरु अन्तर्गत एउटा ख्वप कलेज परिसरमा पनि छ । यहाँं पनि शिक्षक, विद्यार्थी, कर्मचारीबाहेक सर्वसाधारणले पनि निःशुल्क रुपमा व्यायाम गर्न पाउँंछन् ।