खेल क्षेत्रको विकासमा लागि पर्नेछौंः नगरप्रमुख महर्जन


न्युज अफ नेपाल, ललितपुर ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले खेलकुदको विकासका योजनाबद्ध रुपमा अगाडी बढ्ने वताए । बज्रवाराहीमा सम्पन्न गोदावरी नगरपालिका दोस्रो मेयर कप, १५ औं क्योकुशिन कराते तथा प्रथम एफआईकेके राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिताको समापन समारोहमा खेलाडीहरुलाई पुरस्कार वितरण गर्ने क्रममा मन्तव्य राख्दै नगरप्रमुख महर्जनले यस्तो वताएका हुन् । नगरप्रमुख महर्जनले भने, ‘ हामी नगरपालिकाले तर्जुमा गर्ने वार्षिक बजेटमा विशेष महत्त्वका साथ समेटेर खेल क्षेत्रको विकासमा लागि पर्नेछौं।’

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा देशभरबाट ८ वटा तौल समूहका ९२ जना खेलाडीहरुले सहभागीता जनाएका थिए । महिलातर्फ २५ केजी समूहमा बज्रबाराही डोजोकी सुनिता स्याङ्तान प्रथम स्थान र सुस्मिता स्याङ्तान दोस्रो स्थान हासिल गरेकी छन् । त्यस्तै सुनाकोठी डोजोकी करुणा तामाङले तेस्रो र इशा सुनुवारले चौथो स्थान हासिल गरेकी छन् ।

महिलातर्फ कै ५० केजी समूहमा टोखा डोजोकी जानकी कपाली प्रथम स्थान र सुनाकोठी डोजोकी सम्पन्न महर्जनले दोस्रो स्थान हासिल गरेकी छन् । त्यस्तै बालुवापाटी डोजोकी सोनिया तामाङले तेस्रो र बज्रबाराही डोजोकी रिका श्रेष्ठले चौथो स्थान हासिल गरेकी छन् ।

पुरुषतर्फ ३० केजी समूहमा बज्रबाराही डोजोका चन्द्रबहादुर थिङले प्रथम स्थान र कार्साङ स्याङ्तान दोस्रो स्थान हासिल गरेका छन् । त्यस्तै लगनखेल डोजोका बिशाल परियारले तेस्रो र बालुवापाटी डोजोका सुनिल तामाङले चौथो स्थान हासिल गरेका छन् । पुरुषतर्फ ३५ केजी समूहमा बज्रबाराही डोजोका दावा स्याङ्तानले प्रथम स्थान र समीर तामाङले दोस्रो स्थान हासिल गरेका छन् । त्यस्तै नल्लु डोजोका सरोज घिसिङले तेस्रो र बज्रबाराही डोजोका सक्षम श्रेष्ठले चौथो स्थान हासिल गरेका छन् ।

पुरुषतर्फ ४० केजी समूहमा बज्रबाराही डोजोका विवेक थापाले प्रथम स्थान र बालुवापाटी डोजो काभ्रेका सुजन तामाङले दोस्रो स्थान हासिल गरेका छन् । त्यस्तै लगनखेल डोजोका मोहम्मद शहिलले तेस्रो र बज्रबाराही डोजोका सलन महर्जनले चौथो स्थान हासिल गरेका छन् । पुरुषतर्फ ४५ केजी समूहमा बज्रबाराही डोजोका सुमित शाहीले प्रथम स्थान र सुनाकोठी डोजोका आयुश राईले दोस्रो स्थान हासिल गरेका छन् । त्यस्तै बालुवापाटी डोजो काभ्रेका सुनिल तामाङले तेस्रो र शिखरपुर डोजो मकवानपुरका सुजन बोम्जनले चौथो स्थान हासिल गरेका छन् ।

पुरुषतर्फ ५० केजी समूहमा बज्रबाराही डोजोका रितेश राना मगरले प्रथम स्थान, विजय स्याङ्तानले दोस्रो स्थान, युवराज स्याङ्तानले तेस्रो र मनिश लिम्बुले चौथो स्थान हासिल गरेका छन् । पुरुषतर्फ ५५ केजी समूहमा बज्रबाराही डोजोका श्याम ब्लोनले प्रथम स्थान, सञ्जु तामाङले दोस्रो स्थान, सञ्जु स्याङ्तानले तेस्रो र मनिश तामाङले चौथो स्थान हासिल गरेका छन् ।

खेलकुद, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान गर्ने ६ जना सम्मानित

विजेता खेलाडीहरुलाई नगरप्रमुख गजेन्द्र महर्जन, एफआइकेके नेपाल प्रमुख महेन्द्र महर्जन, डोजोका अध्यक्ष प्रेम देसार र डोजो प्रमुख जय देसारले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । दोस्रो मेयर कप, १५ औं क्योकुशिन कराते तथा प्रथम एफआईकेके राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिताको समापन समारोहमा ६ जनालाई सम्मान समेत गरेको छ ।

बज्रबाराही फेडरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई डोजोले खेलकुद, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने ६ जनालाई सम्मानित गरेको हो । डोजोले खेल क्षेत्रमा योगदान पुर्‍याए बापत खेलाडी तथा प्रशिक्षक बुद्धिबहादुर श्रेष्ठले, सागर श्रेष्ठ सम्मानित भए । त्यस्तै १० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भइ योगदान पुर्‍याए बापत माधवप्रसाद घिमिरे सम्मानित भए ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ उत्कृष्ट स्थान हासिल गरेकोमा सुनिता देसार र रमेश देसार सम्मानित भए । डोजोले सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै दिपक लामालाई सम्मानित गरेको छ । सम्मानितहरुलाई गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले सम्मानपत्र प्रदान गरे ।