केनिन अस्ट्रेलियन ओपन च्याम्पियन


मेलबन ।
अमेरिकाकी सोफिया केनिनले मेलबर्नमा जारी अस्ट्रेलियन ओपन टेनिसअन्तर्गत् महिला सिंगल्सतर्फ उपाधि जितेकी छन् । शनिबार भएको फाइनल खेलमा २१ वर्षीया केनिनले दुई स्पेनकी गार्बिन मुगुरुजालाई ४–६, ६–२, ६–२ ले पराजित गरेकी हुन् । योसँगैं उनले पहिलो ग्रान्डस्लाम फाइनलमै उपाधि जित्न सफल भइन् ।

पुरुष सिंगल्सको फाइनल खेल भोलि हुँदैछ । नोभाक जोकोभिचले डोमिनिक थीमविरुद्ध आफ्नो करियरको १७औं ग्रान्डस्लाम उपाधि जित्नका लागि खेल्दैछन् । अस्ट्रेलियाका थीमले भने पहिलो ग्रान्डस्लाम जित्न कोशिस गर्नेछन् ।
एजेन्सी