जारी लिगमा पहिलो ह्याट्रिक


न्युज अफ नेपाल, काठमाडौं ।

जारी सहिद स्मारक ए डिभिजन लिगको १ सयौं गोल गरेका सन्जोग राईले अर्को उपलब्धि आफ्नो नाममा गरेका छन् । शनिबार दशौं चरणको खेलअन्तर्गत् थ्रीस्टारले सरस्वती क्लबलाई ४–० ले हराउँदा सन्जोगले ह्याट्रिक गरे । उनी जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । टोलीका लागि सबै गोल दोस्रो हाफमा भएका हुन् । लाल रामार्वले ४८औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । यसपछि सन्जोगले सबै गोल गरे ।

सन्जोगले ५७औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । ६०औं मिनेटमा बक्सभन्दा बाहिरबाट उनले सुन्दर गोल गरेका थिए । यस्तै ७१औं मिनेटमा उनले गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । योसँगै थ्रीस्टारले १० खेलबाट १७ अंक जोडेको छ । सरस्वती भने १० खेलबाट ४ अंकमा जोड्दै रेलिगेसनमा पर्ने संभावनामा रहेको छ ।