चाल्र्स डार्विनमा सांस्कृति कार्यक्रम


न्युज अफ नेपाल, काठमाडौँ ।

राजधानीको जोरपाटी नयाँवस्तीस्थित चाल्र्स डार्विन एकेडेमीले सरस्वती पुजाको अवसरमा विविध सास्कृतीक कार्यक्रम, प्रदर्शनी तथा अक्षरारम्भ कार्यक्रम गरेको छ।

कार्यक्रममा सो विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखी २ सम्मका श्रेया घिमिरे, गृस्मा थापा मगर, निश्चल जंग थापा, सान्भी रीमाल, हिमेश राई, स्वस्तिका श्रेष्ठ, दिव्या कार्की, सृक्ष्टी मगर, आहना शाही, बबि हाङ राईलगायत बालबालिकाले नृत्य, नाटक गायन, र्याम्प वाक लगायत विभिन्न कला प्रदर्शन गरेका थिए भने कक्षा ३ देखी ९ सम्मका प्रज्ञा कर्ण, शिशिर भण्डारी, दिपिका कार्की, स्वर्णिम दत्त, सुदिक्षा कर्ण, सफलता खड्का, नविना गौतम, ऋतु कोईराला, चन्दन बम्जन, विशाल राईलगायतका छात्राछाहरुले कला, विज्ञान, सामाजिक विषयकालगायतका विभिन्न शैक्षिक प्रोजेक्ट तथा सामग्री प्रर्दशन गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरुद्धारा निर्मित विभिन्न हस्तकलाका सामग्रीहरु विक्री तथा प्रर्दशनमा राखिएको थियो भने भिडीयोे तथा फोटो प्रदर्शन, खेलकुद पनि कार्यक्रमको अर्को आकर्षणको विषय बनेको थियो।

कार्यक्रममा बोल्दै प्रमूख अतिथी गोकर्णेश्वर नगरपालीकाका मेयर सन्तोष चालिसेले विद्यालयका शिक्षक शिक्षिका विद्यार्थीलाई कार्यक्रमको लागि शुभ कामना दि“दै उज्वल भविष्यको कामना गरे। विहिवार परेको सरस्वती पुजाको दिन विद्यालयले विद्यार्थीहरुको निःशुल्क भर्ना कार्यक्रम था शैक्षिम सामग्री वितरण गरेको थियो।